प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै


१ श्रावण २०७८, शुक्रबार


नेपाली काँग्रेस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन्।

गत मङ्गलवार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बुढानीलकण्ठमा बस्दै आएका थिए। देउवाको सचिवालयले दिएको जानकारीअनुसार शुक्रवार बिहान देउवा सरकारी निवास सर्न लागेका हुन्।

यस्तै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बालुवाटार छाडेका थिए। ओली निजी निवास बालकोटमा बसोबास गर्न थालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस