निर्वाचन आयोगले इजलासमार्फत जसपाको आधिकारिकता टुङ्ग्याउने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

निर्वाचन आयोगले इजलासमार्फत जसपाको आधिकारिकता टुङ्ग्याउने


२२ असार २०७८, मंगलबार


काठमाडौँ । सत्ता समिकरणका दौरानमा दुई धारमा विभाजित भएको जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद थप चुलिँदै गएको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेतृत्व गरेको समूह र अर्का अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको समूहले निर्वाचन आयोगमा आधिकारिकतालाई लागि दिएको निवेदनमा केही समयअघि आयोगले दुवै समूहलाई आधिकारिकता दिएको थिएन । पछि दुवै समूहले आधिकारिकता दाबी गर्दै आयोगलाई थप ध्यानाकर्षण गराएका थिए ।

जसपाको विवाद निरुपण सन्दर्भमा निर्वाचन आयोगले आज जसपाका यादव र ठाकुर दुवैसहितका नेतालाई आयोगमा बोलाएर छलफल गरेको छ । पार्टीको आकिारिकता विवाद हल गर्न आयोगले बोलाएको संयुक्त बैठकमा दुवै पक्षका नेता विभाजित हुन सहमत भएका छन् । जसपाको आधिकारिकताबारे आयोगले अब एक साताभित्र इजलास गठन गरी कानून व्यवसायीको परामर्श लिएर उनीहरूको निर्णयका आधारमा आयोग ठोष निष्कर्षमा पुग्ने छ ।

जसपाका नेता केशव झाका अनुसार दुवै पक्षको धारणा लिएको र त्यसमा उनीहरु भिन्नभिन्न रूपमा पार्टीलाई अघि बढाउने अवधारणाका साथ धारणा व्यक्त गरेका छन् । बैठकमा अध्यक्षले एउटै पार्टी दुई तरिकाले चल्न सक्नदैन, अहिलेको अवस्थामा सँगै बस्ने स्थिति नभएकाले आगामी प्रक्रिया चाँडो टुङ्गो लगाइदिन आयोगलाई आग्रह गरेका थिए । अर्का अध्यक्ष ठाकुरले पार्टी एकता आफूहरूको एजेण्डा भएको, परिवर्तनकारी शक्ति, उत्पीडित शक्तिको हितमा पार्टीलाई अघि बढाउने भए पनि त्यसकिसिमको वातावरण नरहेको भन्दै आयोगले पार्टीको आधिकारिकताबारे चाँडो टुङ्गो दिनुपर्ने धारणा राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस