मोरङमा एक साता लम्बियो निषेधाज्ञा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

मोरङमा एक साता लम्बियो निषेधाज्ञा


३१ जेष्ठ २०७८, सोमबार


विराटनगर । मोरङमा जारी निषेधाज्ञा एक साता लम्बिएको छ । असार ७ गतेसम्म निषेधाज्ञा थप भएको हो ।

सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको भन्दै थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो।

निषेधाज्ञामा अवधिमा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, माछा–मासु र पुस्तक पसललगायतका व्यवसाय बिहान ५ बजेदेखि ११ बजेसम्म खुल्ला हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस