संवैधानिक इजलास पुनर्गठन, वरिष्ठताका आधारमा तोकिए यी न्यायाधीश « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

संवैधानिक इजलास पुनर्गठन, वरिष्ठताका आधारमा तोकिए यी न्यायाधीश


२३ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । संसद् विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताका आधारमा न्यायाधीश चयन गरी संवैधानिक इजलास पुनर्गठन गरेका हुन् ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराई रहनेछन् । प्रतिनिधिसभा विघटनको मुद्दामा आज सुनुवाइ हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस