जुनियरलाई उपप्रधानमन्त्री बनाएपछि मन्त्रिपरिषदबाट बाहिरिए त्रिपाठी « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

जुनियरलाई उपप्रधानमन्त्री बनाएपछि मन्त्रिपरिषदबाट बाहिरिए त्रिपाठी


२१ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयश त्रिपाठीले आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाइएकाले पदमा बसिरहन उपयुक्त नठानेको भन्दै मन्त्रिपरिषदबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गर्ने क्रममा बहालवाला ४ जनालाई मात्रै राखेर अरू सबै मन्त्रीहरूलाई बिदा दिएसँगै त्रिपाठी पनि हटेका हुन् ।

स्वास्थ्यमन्त्री त्रिपाठीले आफूलाई हटाइएको नभई स्वेच्छाले बाहिरिएकोसमेत बताएका छन् ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो र एमालेका रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएका छन् । उनीहरू दुवै आफूभन्दा जुनियर रहेको त्रिपाठीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस