काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापनाबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । राजसंस्था हटाएर देश र जनता बलिया नभएका भनदै थापाले पुनः राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापनाबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् ।
‘१३ वर्षअघि आजकै दिन नेपाली राष्ट्रियता र एकताको प्रतीक राजसंस्थालाई पाखा लगाई गणतन्त्र घोषणा गरिएको थियो । राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन्, तसर्थ, राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापनाबारे पुनर्विचार गरौँ’ उनले भनेका छन् ।
उनले भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र विदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको पनि बताए ।
जेठ १५गते-
१३बर्षअघि राष्ट्रियता/एकताको प्रतिक राजसंस्था पाखालगाई गणतन्त्र घोषणा गरिएको थियो।राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन्।बरू भ्रष्टाचार,धर्मपरिवर्तन,सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ।राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गरौँ— Kamal Thapa (@KTnepal) May 29, 2021