नर्सप्रति सम्मान: पृथ्वीसुब्बा गुरुङ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नर्सप्रति सम्मान: पृथ्वीसुब्बा गुरुङ


२९ बैशाख २०७८, बुधबार


 

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो जीवन जोखिममा राखेर मानव अस्तित्व र स्वास्थ्य रक्षाका लागि अहोरात्र खट्ने नर्सप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

विश्व नर्स दिवसका अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै उनले कोभिड –१९ महामारीका अवस्थामा अझ दृढतापूर्वक जुट्न यस दिनले सबैलाई थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना पनि ष्रेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस