फिफाद्वारा पाकिस्तानी फुटबल निलम्बित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

फिफाद्वारा पाकिस्तानी फुटबल निलम्बित


२६ चैत्र २०७७, बिहिबार


काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसनलाई निलम्बन गरेको छ। नियम उल्लंघन गरेको भन्दै तत्कालै लागू हुने गरी पाकिस्तान फुटबल संघलाई निलम्बन गरिएको फिफाले जनाएको छ।

फिफाले विज्ञप्तिमा भनेको छ, ‘सरकारी हस्तक्षेपका कारण फिफा ब्यूरोले चाडको फुटबल संघ एफटीएफएलाई अहिलेबाट लागू हुने गरी निलम्बन गरिएको छ, तेस्रो पक्षको हस्तक्षेपका कारण फिफा काउन्सिल ब्यूरोले अहिलेबाटै लागू हुनेगरी पाकिस्तान फुटबल फेडेरेसनलाई पनि निलम्बन गरेको छ।’

फिफाले दुवै देशका फुटबल संघले फिफाको नियम उल्लंघन गरेको बताएको छ। चाडको फुटबल संघमा सरकारी हस्तक्षेप समाप्त भएपछि र सरकारले फुटबल संघप्रति गरेका नियमहरु खारेज भएपछि फिफा काउन्सिलले निलम्बन फिर्ता लिने बताएको छ।

हाल फिफाका २१० सदस्य राष्ट्र छन् । जसमध्ये वरीयतामा पाकिस्तान १९९ सयौँ स्थानमा छ ।

पाकिस्तानले सन् २०१५ को मार्चमा यमनसँग विश्वकप छनोट खेलेको थियो त्यसयता कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन। अहले पाकिस्तानमा कुनै पनि व्यावसायिक फुटबल लिग समेत नभएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस