पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण


१९ चैत्र २०७७, बिहिबार


दमौली । पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर बुधवार साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ ।

काठमाडौँबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले मौसम खराबीका कारण हेलिकप्टर आकस्मिक अवतरण भएको जानकारी दिए। ‘प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली त्यसतर्फ जाँदैछ, विस्तृत विवरण केहीबेरमा आउनेछ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस