कांग्रेस: म्यानमारको सैन्य दमन अमानवीय र निन्दनीय « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कांग्रेस: म्यानमारको सैन्य दमन अमानवीय र निन्दनीय


प्रशासन संवाददाता

१५ चैत्र २०७७, आइतबार


काठमाडौं । म्यानमारमा केही दिनयता सैनिक सरकारद्वारा नागरिक प्रदर्शनमा भएको दमन अत्यन्तै अमानवीय र निन्दनीय भएको नेपाली कांग्रेसले बताएको छ।

आइतबार प्रवक्ता विश्वकप्रकाश शर्माले विज्ञप्ति जारी गरी म्यानमारमा पछिल्ला केहिदिन यता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको र यसलाई अमानवीय र निन्दनीय भनेको छ । म्यानमारमा शनिबार प्रदर्शनकारीमाथि सैनिक दमन हुँदा कम्तीमा ११४ जना मारिएका छन् ।

कांग्रेसले जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकीलगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनर्स्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीब्र दबाव बढाउन आवश्यक देखिएको जानकारी दिएको छ ।

‘सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक छ’ प्रवक्ता शर्माले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस