देउवापछि भट्टराईलाई भेट्न पुगे प्रचण्ड « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

देउवापछि भट्टराईलाई भेट्न पुगे प्रचण्ड


२५ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानीलकण्ठमा भेटे लगत्तै प्रचण्ड बाबुरामलाई भेट्न टोखास्थित भट्टराई निवास पुगेका थिए । आजै नेकपा माओवादी केन्द्रले कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो।

मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट काँग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गराएका प्रचण्ड लगत्तै भेटवार्तामा सक्रिय भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस