काठमाडौँ । राष्ट्रिय सभा सदस्य कोमल वलीले एमालेका नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्ने भएकी छन् ।
पन्तले दिएको अभिव्यक्तिविरुद्ध गाली बेइज्जती सम्बन्धी कसुरमा मुद्दा दायर गर्न कोमल वली जिल्ला अदालत, काठमाडौँ पुगेकी छन् ।
पन्तले १५ फागुनमा एक कार्यक्रममा ‘लैङ्गिक हिंसा’ हुने अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो ।
त्यस लगत्तै पन्तले वलीसँग माफीसमेत मागेका थिए ।