चीनमा पनि भेटियो नयाँ प्रजातिको कोरोना « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चीनमा पनि भेटियो नयाँ प्रजातिको कोरोना


एजेन्सी

१७ पुस २०७७, शुक्रबार


चीन । ब्रिटेनमा देखिएको कोरोना भाइरसको नयाँ प्रजाति चीनमा पनि भेटिएको थियो।

समाचार संस्था रोयटर्सले चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको एक प्रकाशनको हवाला दिँदै नयाँ प्रजातिको भाइरस भेटिएको जनाएको हो।

चीनमा नयाँ प्रजातिको कोरोना एक २३ वर्षीया महिलामा पुष्टि भएको हो। उनी हालैमात्र ब्रिटेनबाट चीन फर्किएकी थिइन्।

पहिलो संक्रमण भएपनि चीन यसलाई लिएर धेरै सतर्क बनेको छ। संक्रमण पुष्टि भएको चीनले ब्रिटेनसँग हुँदै आएको सिधा हवाईसेवालाई स्थगित गरेको छ।

कोरोना भाइरसको महामारी गत वर्ष चीनको वुहानबाट सुरू भएर संसारभर फैलिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस