निर्वाचनका लागि कर्मचारी व्यवस्थापन गर्ने कार्यलाई उच्च प्राथमिकता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

निर्वाचनका लागि कर्मचारी व्यवस्थापन गर्ने कार्यलाई उच्च प्राथमिकता


प्रशासन संवाददाता

२ चैत्र २०७३, बुधबार


काठमडौं । सरकारले सामान्य प्रशासन मन्त्रालयबाट खटाइएका कर्मचारीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तत्काल कार्यक्षेत्रमा खटाउने भएको छ । मुख्य सचिव डा. सोमलाल सुवेदीको अध्यक्षतामा बसेको निजामती कर्मचारी र स्थानीय तहको कार्यक्षेत्रका विषयमा समन्वय गर्न गठित केन्द्रीय व्यवस्थापन समन्वय समितिको बैठकले स्थानीय तहको निर्वाचनका लागि कर्मचारी व्यवस्थापन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको हो ।

त्यसैगरी, बैठकले नयाँ खुलेका नगरपालिका तथा गाउँपालिका अन्तर्गतका वडा कार्यालयहरुमा कर्मचारी व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि राजपत्र अनंकित कर्मचारीहरु मध्येबाट काजमा खटाउन सक्ने गरी सामान्य प्रशासन मन्त्रालयले अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, जिल्लास्तरीय स्थानीय तह सहजीकरण तथा व्यवस्थापन समितिले जिल्ला भित्रका कर्मचारी खटाउँदा नपुग हुने कर्मचारीको लगत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विवरण तयार गरी सामान्य प्रशासन मन्त्रालयसँग माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस