पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश


१५ बैशाख २०७७, सोमबार


काठमाडौँ । पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ।

उपाध्यायलाई यही वैशाख १० गते राती उनकै घरबाट पक्राउ गरी भोलिपल्टै अदालतबाट प्रहरी अनुसन्धानका लागि ३ दिनको म्याद दिएको थियो ।

उपाध्यायविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँले आइतवार सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा साइबर क्राइम मुद्दा दर्ता गराएको थियो।

सामाजिक सञ्‍जाल फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको भन्दै उनलाई पक्राउ गरी सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको थियो। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य तथा मुस्लिम समुदायविरुद्ध भ्रामक टिप्पणी गरेको अभियोग लगाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस