वैशाख ३ पछि ठाउँ हेरी आउजाउ खोल्न सकिन्छ -मुख्यमन्त्री पोखरेल « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

वैशाख ३ पछि ठाउँ हेरी आउजाउ खोल्न सकिन्छ -मुख्यमन्त्री पोखरेल


२८ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले वैशाख ३ सम्म धैर्य हुन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले वैशाख ३ गतेपछि सीमित मात्रामा ठाउँ हेरेर आवातजावात खोल्ने सकिने उल्लेख गरेका छन्।

‘३ गतेसम्म जो जहाँ छौं त्यहीँ बसौं, समस्या भए वडा कार्यालयमा खबर गरौं,’ मुख्यमन्त्रीले लेखेका छन्, ‘३ गतेपछि सीमित मात्रामा ठाउँ हेरी आउजाउ खोल्न सकिन्छ।’

यसअघि बिहीबार सरकारले गठन गरेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकले शुक्रबार र शनिबार दुई दिन काठमाडौंमा अलपत्र परेकालाई उद्धार गरी उनीहरूको गृह जिल्ला पुर्‍याउने निर्णय गरेको थियो। पछि स्थानीय सरकारले नै असहमति जनाएपछि निर्णय गरेको डेढ घण्टामा नै सरकारले निर्णय फिर्ता गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस