जिटुजीबाट स्वास्थ्य सामाग्री किन्न पाँच देशलाई पत्राचार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जिटुजीबाट स्वास्थ्य सामाग्री किन्न पाँच देशलाई पत्राचार


२६ चैत्र २०७६, बुधबार


काठमाडौँ । सरकारले जिटुजी मार्फत कोरोना संक्रमणविरुद्धका स्वास्थ्य सामाग्री किन्नका लागि दुई छिमेकी मुलुक चीन र भारत सहित पाँच देशलाई पत्राचार गरेको छ । नेपाली सेनाले ल्याउने ती सामाग्रीको सूचीसहित परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका दूतावासमार्फत पत्राचार गरेको हो ।

नेपाल सरकारले जिटुजी मार्फत मेडिकल सामाग्री खरिद गर्नुपर्ने भएकाले दूतावासमार्फत पहल गरेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । नेपाली सेनाले पनि ती देशमा रहेका राजदूतावासका सैनिक सहचारीमार्फत यसअघि नै सामाग्रीहरु खरिदबारे पहल थालेको थियो ।

सरकारले चीन सहित भारत, सिंगापुर, दक्षिण कोरिया र जापानसँग अत्यावश्यक पीपीई सहितका मेडिकल सामाग्री खरिद गर्दैछ ।

सम्बन्धित देशबाट कुन सामाग्री कतिमा दिने भन्ने जानकारी आएपछि खरिद प्रक्रिया अघि बढ्नेछ ।

निजी कम्पनीमार्फत खरिद गर्न खोज्दा विवाद भएपछि सरकारले अत्यावश्यक सामाग्री जिटुजीमार्फत खरिद गर्न लागेको हो । त्यसको जिम्मा सेनालाई दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस