विदेशबाट फर्किएका नेपालीलाई अनिवार्य क्वारेन्टिनमा राख्‍न सर्वोच्चको आदेश « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विदेशबाट फर्किएका नेपालीलाई अनिवार्य क्वारेन्टिनमा राख्‍न सर्वोच्चको आदेश


२४ चैत्र २०७६, सोमबार


high court

काठमाडौँ । सर्वोच्च अदालतले विदेशबाट फर्किएका नेपालीहरुलाई अनिवार्य क्वारेन्टिनमा राख्‍न सरकारका नाममा आदेश जारी गरेको छ ।

विभिन्न अधिवक्ताहरुले दायर गरेको रिट निवेदनको एकमुष्ट सुनुवाइ गर्दै सोमबार सर्वोच्चले विदेशबाट सबै क्वारेन्टिनमा नबसेको पाइएकाले स्थानीय तहमार्फत उनीहरुको खोजीनिती गरी क्वारेन्टिनमा राख्न आदेश गरेको हो ।

सर्वोच्चले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टिन बनाउन पनि आदेश दिएको छ । अनि राहत वितरणमा पारदर्शी गर्न आदेश दिएको छ । दुर्गममा कोही संक्रमित भएमा र उपचार गर्नुपर्ने भएमा हेलिकप्टरको बन्दोबस्त गरेर समेत अस्पतालसम्म पुर्‍याउन आदेश दिएको हो ।

त्यस्तै सर्वोच्चले कोभिड-१९ संक्रमितको आकस्मिक लगायतका सबै उपचार गर्न आदेश दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस