प्रिमियर लिग अप्रिल ३० सम्म रोकियो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रिमियर लिग अप्रिल ३० सम्म रोकियो


८ चैत्र २०७६, शनिबार


लन्डन । कोरोना भाइरस(कोभिड–१९)को त्रासका कारण इङ्लिस प्रिमियर लिग फुटबलको स्थगन अवधि बढाइएको छ।

इङ्ल्यान्ड फुटबल सङ्घ(एफए) को पछिल्लो निर्णयअनुसार अप्रिल ३० तारिखसम्म प्रिमियर लिग स्थगित गरिएको हो। प्रिमियर लिगसँगै अप्रिल ३० सम्म इङ्ल्यान्डमा फुटबलका कुनै पनि गतिविधि हुने छैनन्।

कोरोना भाइरसको महामारी विश्वव्यापी रूपमा फैलने क्रम जारी रहेकाले प्रिमियर लिग स्थगनको अवधि बढाइएको एफएले जनाएको छ। ‘इङ्लिस प्रिमियर लिगका सम्पूर्ण खेल, महिला फुटबल लिग, महिला च्याम्पियनसिपलगायतका सम्पूर्ण प्रतियोगिता अप्रिल ३० सम्मका लागि स्थगित गरिएको छ’, एफएद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस