यी हुन् आजको राष्ट्रियसभा बैठकमा पेस हुने आधा दर्जन विधेयक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

यी हुन् आजको राष्ट्रियसभा बैठकमा पेस हुने आधा दर्जन विधेयक


३ चैत्र २०७६, सोमबार


काठमाडौँ । राष्ट्रियसभाको आज (सोमबार) को बैठकमा आधा दर्जन विधेयकहरू पेस गरिँदै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा गृह मन्त्रालयदेखि पर्यटन, शिक्षा, कानुनलगायत मन्त्रालयले विधेयक पेस गर्दै छन् । गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विधेयक २०७६, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक पेस गर्नेछन्।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। उनले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको पारमाणविक विधेयकमाथि सदनमा छलफलको प्रस्ताव गर्ने कार्यसूची रहेको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्वाहाङ्फेले प्रमाण ९दोस्रो संशोधन० विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सचिवालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस