काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी भएको भएको छ।
अन्तर्राष्ट्रिय टर्मिनलको कफी सपमा सोमबार आगलागी भएको र आगो निभाउने काम भइरहेको विमानस्थल अधिकारीले जानकारी दिएका छन् ।
अध्यागमन पास गरेर जहाज चढ्न जानुअघि यात्रु बस्ने कोठासँगै जोडिएको कफीसपमा विद्युत सर्ट हुँदा आगलगानी भएको हो । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने देखिएको विमानस्थल अधिकारीले बताएका छन् ।
आगलागीपछि यात्रुहरु तितरवितर हुँदा दोहा उड्नुपर्ने कतार एयरवेजको जहाज उड्न सकेको छैन भने काठमाडौं अवतरण हुनुपर्ने चाइना साउर्दन, सिल्क एयर, हिमालय एयरलाइन्स र नेपाल वायु सेवाको निगमको गरी चारवटा जहाज सिमरामाथिको आकाशमा ‘होल्ड’मा छन् ।