सिराहाका निमित्त डिभिजन प्रमुख तीन लाख घुससहित पक्राउ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सिराहाका निमित्त डिभिजन प्रमुख तीन लाख घुससहित पक्राउ


१९ पुस २०७६, शनिबार


अख्तियार

काठमाडौँ । सडक डिभिजन कार्यालय लहान सिराहाका निमित्त डिभिजन प्रमुख विनोद साह पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम विल भुक्तानी लिने क्रममा विभिन्न बाहना बनाई तीन लाख रूपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।

घुस लिइरहेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले साहलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

कार्यालय प्रमुख आवास भवनभित्र बैठक कक्षबाट साहलाई नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ। साहलाई शुक्रबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस