कर्मचारीमाथि हस्तक्षेप नगर्ने कृषि मन्त्री भूषालको भनाई « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कर्मचारीमाथि हस्तक्षेप नगर्ने कृषि मन्त्री भूषालको भनाई


५ मंसिर २०७६, बिहिबार


काठमाडौँ । कर्मचारीमाथि हस्तक्षेप नगर्ने कृषि मन्त्री भूषालको भनाई घनश्याम भुसालले कर्मचारीमाथि हस्तक्षेप नगर्ने बताएका छन् ।

बिहीबार मन्त्रालयमा पदभार ग्रहणपछि बोल्दै उनले कर्मचारीको सरुवा, बढुवालगायतका कार्यमाथिको हस्तक्षेपमा आफूलाई घृणा लाग्ने बताएका हुन् ।

‘तपाईहरु तपाईको जिम्मेवारी पूरा गर्नुस्, म मेरो जिम्मेवारी पूरा गर्छु,’ पदभारपछि कर्मचारीलाई सम्बोधन गर्दै उनले भने ‘सरुवा, बढुवामा राजनीतिक हस्तक्षेप गर्दिन, मलाई त्यो काम घृणा लाग्छ ।’

मन्त्री भुसालले आफूलाई मन पर्ने भएकाले नै कृषि मन्त्रालय रोजेको बताएका छन् । निवर्तमान कृषिमन्त्री चक्रपाणि खनालले मन्त्री भुसाललाई मन्त्रालयमै पुगेर अंकमाल गरेर बधाई दिँदै बिदा भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस