नेपाल प्रहरीका १९ डिआइजीको सरुवा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नेपाल प्रहरीका १९ डिआइजीको सरुवा


प्रशासन विशेष ब्युरो

३२ जेष्ठ २०७६, शनिबार


काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका १९ जना डिआइजीको सरुवा गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट डिआइजीहरूको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

निर्णयअनुसार एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली, दुईमा प्रद्युम्न कार्की, तीनमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, पाँच नम्बरमा सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्सालको सरुवा भएको छ ।

यस्तै कमल बहादुर जिटी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पीताम्बर अधिकारी महिला तथा बालबालिका सेवा निर्देशनालय, दीपक कुमार थापा राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, दान सिंह बोहरा राष्ट्रिय प्रहरी पशिक्षण प्रतिष्ठान, केदार रिजाल अन्वेषण योजना तथा विकास निर्देशनालय, विश्वराज पोखरेल महानिरीक्षकको सचिवालय, महेश विक्रम शाह राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, सुरज केसी सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय, सूर्य प्रसाद उपाध्याय महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, हरिबहादुर पाल विशेष ब्युरो र हरिभक्त प्रजापति जुनियर प्रहरी अधिकृत शिक्षालयमा सरुवा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस