लोकतन्त्रको जगमाथि प्रहार हुन दिन्नौँ : नेता पौडेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लोकतन्त्रको जगमाथि प्रहार हुन दिन्नौँ : नेता पौडेल


९ जेष्ठ २०७६, बिहिबार


भद्रपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संघीयताको सवालमा सरकारले लापरवाही भइरहेको आरोप लगाएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार आयोजित कार्यक्रममा उनले भने ‘सरकारमा केन्द्रीकरणको प्रवृत्ति देखापरेको छ । शासकहरु केन्द्रीकृत मानसिकतामा देखिएकाले संघीयतामा आँच आउने स्थिति आएको हो ।’ आफ्नो पार्टीलाई जात, क्षेत्र भूगोलको आधारमा नभई सिद्धान्तको राजनीतिमा ल्याउन आफू प्रयासरत रहेको उनको भनाइ थियो ।

सोही कार्यक्रममा नेता पौडेलले एघार महीनाअघि कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारले सोही ठाउँबाट अनुसन्धान गर्न माग गरे ।’हत्यारा पत्ता नलाग्नु गम्भीर विषय हो’, उनले भने, ‘अपराधी जोसुकै भए पनि कठघरामा उभ्याउनुपर्छ ।’ नेता पौडेलले बिहीबार बिहानै हत्या गरिएकी बालिका पन्तको घर पुगेर उहाँकी आमा दुर्गादेवीसँग भेट गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस