प्रदेश नं ३ : तीन विधेयक प्रस्तुत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रदेश नं ३ : तीन विधेयक प्रस्तुत


प्रशासन संवाददाता

३ बैशाख २०७६, मंगलबार


हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको १० मिनेटको बैठकमा ३ वटा विधेयक दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत भएको छ ।

बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले स्व मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्था गर्न बनेको विधेयक २०७५, उद्योग, वन, वातावरण र पयर्टनमन्त्री अरुण नेपालका तर्फबाट सामाजिक विकासमन्त्री युवराज दुलालले प्रादेशिक व्यापार–व्यवसाय सञ्चालन गर्न बनेको विधेयक, २०७५ र कृषि, भूमि व्यवस्था र सहकारी मन्त्री दावा दोर्जे तामाङले प्रादेशिक कृषि व्यापार व्यवसायको व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई विभिन्न समितिमा दफावार छलफलका लागि छुट्टाछुट्टै प्रस्ताव राखे।

सोही बैठकमा प्रदेशसभाका सदस्य घनश्याम दाहालले प्रादेशिक बालबालिकाको अधिकारको संवर्द्धन गर्न बनेको विधेयक २०७५ लाई विभिन्न समितिमा दफावार छलफल भई आएको प्रतिवेदन आजै प्रस्तुत गरेका थिए ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक बुधबार वैशाख ४ गते दिनको १ बजे बस्ने गरी आज सञ्चालन भएको बैठक १ः१० मा शुरु भई १ः२० मा बैठक स्थगन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस