भक्तपुर । बिस्केट जात्राको पहिलो दिन बुधबार भक्तपुरको टौमढीमा भैरवनाथको रथ तानातान गरी जात्रा मनाउँदै स्थानीय । नौ दिन आठ रातसम्म मनाइने जात्रामा काठैकाठको प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई जात्रा शुरु गरिन्छ । तस्वीर : लक्ष्मी गारु, रासस, भक्तपुर