म्याग्दी । अन्नपूर्ण गाउँपालिका–२सुकेबगरस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ । अन्नपूर्ण गाउँपालिका–५ घारका २२ वार्षीय सबिन बुढाथाकीको कालीगण्डकीमा डुबेर मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका बुढाथाकीलाई उपचारका लागि भुरुङ्ग तातोपानी स्वास्थ्य चौकी लगिएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि बेनी अस्पताल लगिएको थियो । बेनी अस्पताल पनि उपचार सम्भव नहुँदा उनलाई पोखराको मणीपाल शिक्षण अस्पताल लगियो । मणीपाल अस्पतालमा उपचारको क्रममा उनको मंगलबार बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुढाथोकी ग १ त ४५८८ न. को ट्याक्टरका मालिक र चालक थिए। सँगै पौडी खेल्न गएका साथीहरुले उद्धार गरेर भुरुङ्ग तातोपानी स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएका थिए।