काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम आजबाट औपचारिक रुपमा सुरू भएको छ । धावनमार्ग (रन वे)सहित ‘ट्याक्सी वे’ को स्तरोन्नति आजदेखि सुरू गरिएको हो ।
विमानस्थलको पहिलोपटक सम्पूर्ण पिच उप्काएर पुनः कालोपत्रे गर्न लागिएको छ ।
स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन हुने भएकाले दैनिक १० घण्टा उडान बन्द हुने जनाइएको छ ।
यसअघि विमानस्थल दैनिक २२ घण्टा सञ्चालन हुँदै आएको थियो ।