नीति तथा कार्यक्रमले संविधान कार्यान्वयन र अर्थतन्त्र सुधार गर्छ : जनार्दन शर्मा « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

नीति तथा कार्यक्रमले संविधान कार्यान्वयन र अर्थतन्त्र सुधार गर्छ : जनार्दन शर्मा


१३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सरकारको नीति कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रका सुधार गर्ने गरी आएको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रको सुधार हुने गरी आएको बताएका हुन्।

‘सरकारले ल्याएको नीति, कार्यक्रमले विशेष गरी संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रका सुधार, पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगार सिर्जना, सुशासन प्रवर्द्धन, सामाजिक सेवा प्रवाहमा सुधार, सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रणजस्ता कुराहरूलाई अगाडि सारेको छ,’ उनले भने। 

यस नीति तथा कार्यक्रमले पार्टी विशेष नभई जनताको आवश्यकता समेटेको उनले बताए। 

‘शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रिय हित, प्रतिष्ठा र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न अगाडि सारिएका यी महत्त्वपूर्ण नीतिहरू पार्टी विशेषका भन्दा पनि आम नेपाली जनताको आवश्यकताका कुराहरू हुन्। र हामी सबै राजनीतिक दलका साझा मुद्दाहरू हुन्,’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस