जेटीयूसीसीले भन्यो-श्रम ऐनको कार्यान्वयन निकै फितलो « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

जेटीयूसीसीले भन्यो-श्रम ऐनको कार्यान्वयन निकै फितलो


१९ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेपालका मान्यता प्राप्त १० वटा ट्रेड युनियन महासंघहरूका साझा मञ्च संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले श्रमिकका थुप्रै मुद्दाहरू सम्बोधन गरिएको श्रम ऐन र सामाजिक सुरक्षा ऐनको कार्यान्वयनको पाटो निकै फितलो रहेको जनाएको छ ।

१३८ औँ मे दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै जेटीयूसीले अनौपचारीकरण बढ्दै गएको श्रम बजारमा श्रमसम्बन्धी कानुन, नीति र अन्तर्राष्ट्रिय श्रम मापदण्डको कार्यान्वयन अपर्याप्त रहेको जनाएको हो ।

सन् १८८६ मे १ को दिन ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राख्दै अमेरिकाको सिकागो सहरमा गरिएको श्रमिक आन्दोलनको सम्झना स्वरूप मे दिवस मनाइने गरेको छ । न्यायिक श्रम बजार, मर्यादित काम, श्रमिकको सम्मान एवं सामाजिक न्यायका लागि बृहत् संवाद र छलफल आवश्यक रहेको बताइएको छ ।

ट्रेड युनियनहरूले राज्यका सम्पूर्ण संरचनामा १० प्रतिशत श्रमिक वर्गको प्रतिनिधित्व, अर्धन्यायिक अधिकारसहितको संवैधानिक श्रम आयोग गठन, श्रमिकहरूको वर्गीय प्रतिनिधित्वको लागि संविधानमा छुट्टै कलस्टरको व्यवस्था श्रमिक वर्गलाई कार्यस्थलबाट मताधिकारको अधिकार, श्रम निरीक्षण प्रणाली, श्रम कार्यालय विस्तारलगायतका विषयहरू अविलम्ब कार्यान्वयन हुनुपर्ने माग राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस