सुरेश अधिकारी सचिवमा बढुवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुरेश अधिकारी सचिवमा बढुवा


प्रशासन विशेष ब्युरो

१० बैशाख २०७६, मंगलबार


सचिव

काठमाडौँ । सरकारले कायममुकायम सचिव सुरेश अधिकारीलाई सचिवमा बढुवा गरेको छ ।

मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कामु सचिव अधिकारीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

अधिकारीलाई केही दिनअघि मात्रै सरकारले प्रदेश नं. १ को कामु प्रमुख सचिवको जिम्मेवारी दिएको थियो ।

केही दिनअघि मात्रै लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको सचिव सिफारिस समितिको बैठकले अधिकारी सहित सहसचिवहरु तोयानारायण ज्ञवाली र तोयम रायलाई सचिव वढुवाका लागि सिफारिस गरेको थियो । सिफारिसमा परेकामध्ये एक नम्बरमा रहेका अधिकारीलाई सचिबमा वढुवा गरिएको हो ।

उनले यसअघि गृह मन्त्रालय र मातहतका विभिन्न निकाय, सुचना तथा सञ्चार मन्त्रालय, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रपति कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेर महत्वपुर्ण तथा सफल अनुभव हासिल गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस