फेसबुक मार्फत ठगी धन्दा, नक्कली हवाई टिकट बनाउने सञ्चालक पक्राउ « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

फेसबुक मार्फत ठगी धन्दा, नक्कली हवाई टिकट बनाउने सञ्चालक पक्राउ


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ । फेसबुक मार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिन्छु भनी ठगी कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ तारकेश्वर नगरपालिका-५ बस्ने वर्ष २९ की सुनिता लामिछानेलाई पक्राउ गरेको हो । उनले काठमाडौँको बागबजारमा जोइन्ट भिजन ट्राभल एन्ड टुर्स प्रा.लि. सञ्चालन गरेकी थिइन् ।

लामिछानेले नक्कली हवाई टिकट बनाउने गरेको अनुसन्धानबाट खुल्न आएको कार्यालयले जनाएको छ । उनीविरुद्ध आठ जनाले कार्यालयमा ठगी सम्बन्धी कसुरमा जाहेरी दिएको प्रहरी उपरीक्षक एवं प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए । यसै गरी लामिछानेविरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला प्रहरी परिसर पनि तीन जनाको निवेदन परेको छ । 

गोकर्णेश्वर नमुना बस्तीबाट पक्राउ परेकी उनलाई थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस