काठमाडौँ । नेपाली काँग्रेसले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने भएको छ ।
बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले आफूलाई विश्वासको मत दिन सबै दलहरुलाई आग्रह गरेका थिए ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रदेशसभा बैठकमा बोल्दै विश्वासको मत दिन नसकिने बताए ।