जनताले व्युरोक्रेट्समाथि पनि भरोसा गर्न छोडी सके : सांसद खांन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

जनताले व्युरोक्रेट्समाथि पनि भरोसा गर्न छोडी सके : सांसद खांन


१३ बैशाख २०८१, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले संविधानले अङ्गीकार गरेको समाजवाद उन्मुख राज्य व्यवस्था निजी क्षेत्रका लगानीकर्ताहरूको लागि बाधक रहेको बताएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका सांसद खानले समाजवाद उन्मुख नीतिमा सम्पूर्ण उद्योग धन्दाहरूको स्वामित्व राज्यले नै गर्ने भएकोले लगानीकर्ताहरू नेपालमा लगानी गर्न डराइ रहेको बताए । ‘भोलि लगानीकर्ताहरूको सम्पूर्ण लगानी राज्यले नै अतिक्रमण गर्ने हो कि शङ्का हुन्छ । समाजवादी नीतिमा राज्य वितरणमुखी मात्र हुन्छ ।

उत्पादनमुखी नभएको नाताले देश आर्थिक रूपमा तल खस्की रहेको छ’, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालले बुधवार भृकुटीमण्डपमा गरेको कार्यक्रममा उनले भने, ‘आर्थिक नीतिको रूपमा सामाजिक लोकतन्त्रको व्यवस्था गर्नु पर्छ । नत पूर्ण रूपमा पुँजीवाद नत समाजवाद व्यवस्था हुनु पर्छ । समाधानको रूपमा बिचको बाटोको रूपमा सामाजिक लोकतन्त्र र सुधारिएको गणतन्त्र अर्थात् नौलो गणतन्त्रको व्यवस्था देशमा हुनु पर्छ ।

आर्थिक विकासका लागि विद्युत् उत्पादनको विकल्प नभएको उनले बताए । ‘सबै विकास मूलको जननी नै ऊर्जा/इनर्जी हो, चाहे त्यो हाइड्रो इनर्जी होस चाहे सोलर इनर्जी होस । जुन इनर्जीलाई हामीले उत्पादन गर्न सक्दैनौँ भने हामी अगाडि कहिले पनि बढ्न सक्दैनौँ’, उनले भने, ‘निजी क्षेत्रका साथीहरू तपाईँहरू हतोत्साहित नहुनुस्, अहिले जनताको भरोसा तपाईँहरूसँग छ ।

जनताको भरोसा सरकारबाट हट्न लागेको भन्दै उनले भने, ‘यहाँसम्म कि व्युरोक्रेट्सका साथीहरू माथिबाट पनि भरोसा खत्तम हुन लागेको अवस्था छ ।’ तर, निजी क्षेत्रका लगानीकर्ताहरूसँग उन्नति, प्रगति र रोजगारी सिर्जना हुन सक्छ भन्ने आशा जनतामा रहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस