कतारी राजा थानी काठमाडौँमा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कतारी राजा थानी काठमाडौँमा


११ बैशाख २०८१, मंगलबार


काठमाडौँ । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने भ्रमणमा आएका थानी ३ बजेर ३५ मिनेटमा काठमाडौँ उत्रिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस