सिटिजन्स बैंकद्वारा भर्चुअल क्रेडिट कार्ड सार्वजनिक « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सिटिजन्स बैंकद्वारा भर्चुअल क्रेडिट कार्ड सार्वजनिक


१० बैशाख २०८१, सोमबार


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ ।

बैंकमा आयोजित एक कार्यक्रमकाबीच सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारबीच भर्चुअल क्रेडिट कार्ड सञ्चालनसम्बन्धी सम्झौता भएको हो । साथै बैंकका सीईओ पोखरेलले भर्चुअल क्रेडिट कार्डको उद्घाटन गरे ।

भर्चुअल क्रेडिट कार्डको लागि सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत योग्य ग्राहकहरूले सिधै आवेदन दिन सक्नेछन । कुनै कागजी कार्य र भौतिक कार्डको आवश्यकता नपर्ने यस्तो कार्डमा ग्राहकहरूले रु २०,००० देखि रु २,५०,००० सम्मको क्रेडिट सीमा उपभोग गर्न पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस