नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीद्वारा पदभार ग्रहण « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीद्वारा पदभार ग्रहण


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पदभार ग्रहण गरेका छन्। बिहीबार राति साढे ९ बजे उनले पदभार ग्रहण गरेका हुन्।

नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्रका १ र एकीकृत समाजवादी पार्टीका ४ जना सांसदको लिखित समर्थन सोडारी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

पदभार ग्रहण क्रममा उनले प्रदेश सरकार मातहतका मन्त्रालय तथा कार्यालयमा अनुगमन गर्न निर्देशन दिने निर्णय गरेका छन्।

सोडारीलाई बिहीबार साँझ प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ गराएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस