वैकुण्ठ बहादुर अधिकारी सचिवमा बढुवा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

वैकुण्ठ बहादुर अधिकारी सचिवमा बढुवा


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । सरकारले सहसचिव वैकुण्ठ बहादुर अधिकारीलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव अधिकारीलाई लेखापरीक्षकतर्फ रिक्त एक सचिव (उपमहालेखापरीक्षक)मा बढुवा गर्ने निर्णय गरेको हो ।

मंगलबार लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव अधिकारीलाई सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सम्भाव्य उम्मेदवार नै नभएपछि सचिव बढुवाका लागि अधिकारीको नाम एकल सिफारिस

Tags :
प्रतिक्रिया दिनुहोस