जफत भयो शिल्पा शेट्टीका पति राजको ९७ करोड ७९ लाख रुपैयाँ बराबरको सम्पत्ति « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जफत भयो शिल्पा शेट्टीका पति राजको ९७ करोड ७९ लाख रुपैयाँ बराबरको सम्पत्ति


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति एवं भारतीय व्यापारी राज कुन्द्राको ९७ करोड ७९ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गरिएको छ।

लान्ड्रिंग रोकथाम ऐन (पीएमएलए) २००२ अन्तर्गत प्रवर्तन निदेशालय (ईडी) ले कुन्द्राको उक्त रकम बराबरको चलरअचल सम्पत्ति जफत गरेको बीबीसीले जनाएको छ ।

जफत गरिएको सम्पत्तिमा राज कुन्द्राको नाममा रहेको पुणेको फ्ल्याट, इक्विटी शेयर, कुन्द्राकी पत्नी शिल्पा शेट्टीको नाममा रहेको जुहूको फ्ल्याटसमेत समावेश छ।

जुलाई २०२१ मा अश्लील फिल्म बनाएर एपमार्फत उपलब्ध गराएको आरोपमा व्यवसायी कुन्द्रा पक्राउ परेका थिए। पछि उनले जमानत पाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस