लगानी सम्मेलनको सोकेसमा निजी क्षेत्रका १९ जलविद्युत आयोजना राखिने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

लगानी सम्मेलनको सोकेसमा निजी क्षेत्रका १९ जलविद्युत आयोजना राखिने


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । तेस्रो लगानी सम्मेलनको सोकेसमा राखिने ३१ वटा निजी क्षेत्रका आयोजनामध्ये जलविद्युत क्षेत्रका मात्रै १९ वटा आयोजना राखिने भएको छ।

लगानी बोर्डका अनुसार निजी क्षेत्रका ३१ आयोजनामध्ये अपर मर्स्याङ्दी १, अप्सुवा खोला १, ५४ मेगावाटको महाकाली सेती जलविद्युत आयोजना, सेती नदी पिकिङ हाइड्रोपावर लगायत १९ वटा जलविद्युत आयोजना सोकेसमा राखिने भएको हो।

सोकेसमा पेल्मा खोला पिआरओआर जलविद्युत आयोजना, दाना खोला आयोजना, माथिल्लो बुढीगण्डकी, लन्द्रुक मोदी, बलेफी खोला, चुवा खोला, नर खोला, अपर चुवा, अपर अप्सुवा, अपर भेरी, सुक्रे दूधकोसी पनि छन्।

त्यस्तै, तिप्ल्याङ कालीगण्डकी, मिडल कालीगण्डकी, अपर सानीभेरी र मुगु कर्णाली जलविद्युत आयोजना रहने छन्।

जलविद्युत आयोजना बाहेक निजी क्षेत्रका पड वे, रिसोर्ट, लक्जरी होटेल लगायत विभिन्न २२ आयोजना पनि सोकेसमा रहने छन्।

सम्मेलन यही वैशाख १६ र १७ गते काठमाडौँमा हुँदैछ।

Tags :
प्रतिक्रिया दिनुहोस