सातदोबाटो-बालकुमारी सडक बन्द हुने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सातदोबाटो-बालकुमारी सडक बन्द हुने


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । ललितपुरको सातदोबाटो-बालकुमारी सडक खण्ड केही दिन रातको समयमा बन्द हुने भएको छ । ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि ६ देखि ११ वैशाखमा सडक बन्द गरिने भएको हो ।

राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ ।

ग्वार्को चोकमा २०७९ को मंसीरदेखि फ्लाइओभर निर्माण सुरु भएको थियो । दुई वर्षमा बनाइसक्ने गरी १२ फागुन २०७८ मा आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का पाएको थियो । तर सकिनुपर्ने बेला निर्माणले बल्ल गति लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस