१० वर्षपछि सगरमाथा आरोहणमा प्रयोग भइरहेको रुट परिवर्तन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

१० वर्षपछि सगरमाथा आरोहणमा प्रयोग भइरहेको रुट परिवर्तन


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा प्रयोग भइरहेको रुट १० वर्षपछि परिवर्तन गरिएको छ ।

सन् २०२४ को वसन्त ऋतुका लागि आरोहण रुट बनाइरहेका ‘आइसफल डाक्टर’ हरू बुधबार ‘क्याम्प वान’ नजिकै नयाँ रुटबाट बाटो बनाउँदै ‘क्याम्प टु’ सम्म उक्लिन सफल भएको पर्यटन विभागले जनाएको छ । 

विभागका अनुसार ‘ल्हो ला पिक’ नजिकैबाट साबिकभन्दा अलग रुट खोली आइसफल डाक्टरहरू क्याम्प वानबाट माथि उक्लिन सफल भएका हुन् ।

२०१४ भन्दा अगाडि प्रयोग भएको बाटो नजिकैबाट नयाँ रुट खोलिएको हो । विगत वर्षहरूमा प्रयोग भएको रुटमा हिउँ अस्थिर भएको र पटक-पटक रुट खोल्ने प्रयास असफल भएपछि आइसफल डाक्टरहरूले नयाँ रुट खोलेर अगाडि बढ्न सफल भएको छ । यहाँ बाटो बनाउन खटिएको विशेषज्ञ टोलीले कम्तीमा १५ दिनसम्म हिउँको अवस्थिति अवलोकन गरी जोखिम विश्लेषण गरेका थिए । हिउँ बढी नै चलायमान भइरहेपछि नयाँ रुट खोलेर अगाडि बढेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस