नेपालले सेमिफाइनलमा युएईसँग खेल्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपालले सेमिफाइनलमा युएईसँग खेल्ने


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईसँग खेल्ने भएको छ । 

समूह ‘ए’ को विजेता नेपालले सेमिफाइनलमा समूह ’बी’ को उपविजेता युएईसँग खेल्ने भएको हो । समूह ’ए’ उपविजेता हङकङले समूह ’बी’ को विजेता ओमानसँग खेल्नेछ । दुवै सेमिफाइनल खेल शुक्रबार हुनेछ ।

समूह चरणमा नेपाल र ओमनले चार ओटै खेलमा जित हासिल गरेका छन् । युएई ३ खेलमा जित र एक खेलमा हार र हङकङ दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ ।

प्रतियोगिताको विजेता टोलीले २०२५ मा हुने एसिया कप खेल्न पाउनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस