प्रधानमन्त्रीत्वकालका अधुरा र अलपत्र काम आउँदो निर्वाचनसम्ममा पूरा गर्ने ओलीको दाबी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्रीत्वकालका अधुरा र अलपत्र काम आउँदो निर्वाचनसम्ममा पूरा गर्ने ओलीको दाबी


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालका अधुरा र अलपत्र कामहरूलाई आउँदो निर्वाचनसम्ममा पूरा गर्नुपर्ने बताएका छन् ।

इलाम क्षेत्र नं २ को देउमाई नगरपालिकास्थित मंगलबारे बजारमा बुधबार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले आफू सरकारमा रहँदा सुरु गरिएका सडक पूर्वाधार, अस्पताल निर्माणजस्ता योजना अघि सारिए पनि सरकारबाट बाहिरिएपछि अलपत्र परेकाले आउँदो निर्वाचनसम्ममा सम्पन्न गराउने बताएका हुन् ।

‘म प्रधानमन्त्री हुँदा दुई सय १० पालिकादेखि सदरमुकाम जोड्ने सडक र तीन सय ९६ वटा पालिकामा अस्पताल बनाउन शिलान्यास गरेको थिएँ तर सरकारबाट बाहिरिएपछि ती सबै अलपत्र परेका छन् । अब अधुरा र अलपत्र कामहरूलाई आउँदो निर्वाचनसम्ममा पूरा गर्नुपर्छ ।’

अध्यक्ष ओलीले एमालेले मुलुकमा कस्तो विकास गर्छ भन्ने कुरा आफू प्रधानमन्त्री हुँदा देखाएको समेत दाबी गरे । एमालेले घरघरमा वृद्ध भत्ता पुर्‍याएको, सामाजिक सुरक्षा भत्ता वितरण गरेको र सडक निर्माणलगायत धेरै काम गरेको पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस