घट्यो नेपालको टी-२० वरीयता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

घट्यो नेपालको टी-२० वरीयता


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । आईसीसी टी-२० अन्तर्राष्ट्रियतर्फ नेपाली क्रिकेट टिमको वरीयता घटेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको वरीयता लिष्टमा नेपालको वरीयता १ स्थान तल झरेको हो ।

नेपालले अघिल्लो महिना घरेलु मैदानमा भएको नेपाल नेदरल्यान्डस् र नामिबीयासँगको सिरिजमा ५ मध्ये ३ खेल हारेको थियो । त्यस्तै एक स्थान मात्रै पछि रहेको युएईले लगातार राम्रो नतिजा ल्याउँदा नेपाल पछि परेको हो ।

यसअघि १६ औँ स्थानमा रहेको नेपाल १ स्थान घट्दै १७ औँ स्थानमा रहेको छ । त्यस्तै, एशोसिएट राष्ट्र युएई नेपाललाई उछिन्दै १६ औँ स्थानमा उक्लिएको छ ।

टी–२० तर्फ भारत शीर्ष स्थानमा रहेको छ । इङ्ल्यान्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहेको छ । टप १० मा कुनै परिवर्तन नहुँदा आयरल्यान्ड र जिम्बावेले टी२० मा १ स्थान सुधार गर्दै क्रमशः ११औँ र १२औँ स्थानमा उक्लिएका छन् ।

स्कटल्यान्ड र नेदरल्यान्ड्स १४औँ र १५औँ स्थानमा तथस्त छन् । नेपाललाई पछ्याउँदै ओमान १८ र पीएनजी १९ औँ स्थानमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस