विराटनगरमा दुई समूहबीच विवाद भएपछि प्रहरीले गर्‍यो हवाई फायर र अश्रुग्याँस प्रहार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विराटनगरमा दुई समूहबीच विवाद भएपछि प्रहरीले गर्‍यो हवाई फायर र अश्रुग्याँस प्रहार


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ ।

राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई विराटनगर १५ मा अर्को समूहले अवरोध गरेको थियो । बुधबार दिउँसो अवरोधपछि सुरु भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको हो ।

स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्याँस पनि प्रहार गरेको मोरङ प्रहरीले जनाएको छ ।

स्थानीयबासीका अनुसार विराटनगरको वडा नम्बर १५ र १७ को बीचमा एउटा समूहले र्‍यालीलाई अवरोध गरेपछि विवाद बढेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस