एसीसी प्रिमियर कप : नेपालले आज साउदी अरेबियाको सामना गर्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एसीसी प्रिमियर कप : नेपालले आज साउदी अरेबियाको सामना गर्दै


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ । ओमानको अल अमिरातमा खेल बिहान पौने १२ बजे शुरु हुनेछ ।

 नेपाली टोली यसअघि नै समूह विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने निश्चित भइसकेको छ ।

नेपाल जारी प्रतियोगितामा यसअघि आफूले खेलेका तीनवटै खेलमा विजयी भएको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो ।

नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । चार खेलबाट चार अंक बटुलेको कतार दोस्रो स्थानमा आसीन छ । तीन खेलबाट दुई अंक बटुलेको साउदी अरेबिया तेस्रो, तीन खेलबाट दुई अंक जोडेको मलेसिया चौथो र तीन खेलबाट दुई अंक हात पारेको हङ्कङ पाँचौँ स्थानमा छन् ।

यो प्रतियोगिताको उपाधि विजेता टोलीले एसिया कप खेल्न पाउनेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस