मधेसका मुख्यमन्त्रीले चौथो पटक पाए विश्वासको मत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मधेसका मुख्यमन्त्रीले चौथो पटक पाए विश्वासको मत


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ६१ जना सांसदले मतदान गरेका छन्। 

संसदीय मर्यादा विपरीत प्रतिपक्षीलाई छलफलमा भाग लिन नदिएको भन्दै नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमतले विश्वासको मत लिने प्रक्रियामा सहभागी नभई प्रदेश सभा बैठक बहिस्कार गरेका छन्।

विश्वासको मत लिने प्रक्रियामा ६१ जनाले भाग लिएको र उनीहरू सबैले मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे।

१०७ सदस्यीय प्रदेश सभामा बहुमत साबित गर्न ५४ सदस्यको समर्थन आवश्यक हुन्छ।

जनमतको अवरोधपछि तेस्रो पटक बैठक सुरु हुन साथ जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले टेबल ढकढकाउँदै आफ्नो कुरा राख्ने प्रयास गरेपछि सभामुखले उनलाई रोकेका थिए।

तेस्रो पटक बैठक सुरु हुनासाथ जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले टेबल ढकढकाउँदै आफ्नो कुरा राख्ने प्रयास गरेपछि सभामुखले उनलाई रोकेका थिए। धमा सहभागी भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस