उपनिर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन इकाइ गठन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपनिर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन इकाइ गठन


४ बैशाख २०८१, मंगलबार


Nirbachan_nirwachan_election

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता विपरीतका कार्य भए तत्काल कारबाही गरिने बताएका छन् । आचारसंहिता उल्लंघनसम्बन्धी कुनै सूचना वा जानकारी प्राप्त भएमा स्पष्टीकरण माग गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

आचारसंहिता उल्लंघन गर्नेलाई तत्कालै रोक्न आदेश दिने र कारबाहीका लागि आयोगसमक्ष सिफारिस गर्न निर्वाचन एक सामाजिक सञ्जाल अनुगमन इकाइ गठन गरी जिम्मेवारी दिइने विज्ञप्तिमार्फत जनाएका छन् ।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २८ गतेदेखि आचारसंहिता लागु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस